Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा ५६ अंकले वृद्धि


सेयर बजारमा ५६ अंकले वृद्धि

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से ५६.९४ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१८६ अंकमा पुगेको छ । त्यस्तै ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भयो । १८७ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो भने ४ को स्थिर रहृयो । यस दिन बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखियो ।

जसमध्ये बैंकिङ ३.९, फाइनान्स ४.४ र माइक्रोफाइनान्स उपसमूह ८.९ प्रतिशत बढ्यो । बैंकिङ ४८, विकास बैंक ५३, फाइनान्स ८३, होटल तथा पर्यटन ६०, जलविद्युत् ३९, जीवन बीमा ९४, माइक्रोफाइनान्स ३५३, अन्य ३१ अंक बढे । उत्पादन १०, निर्जीवन बीमा १५ र ब्यापार उपसमूह १८ अंक घटे ।

साढे २ दर्जन लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा स्वाभिमान लघुवित्त, शिवम् सिमेन्ट, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।