Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशत


वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा ४.३६ प्रतिशतले घटेको बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

गएको ६ महिनाका ब्याज आयमा कमी आएको, खराब कर्जा बढ्दै गएको र खराब कर्जाबापतको नोक्सनी व्यवस्था बढेकाले बैंकहरूको नाफा प्रभावित भएको बैंकहरूले जनाएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० वाणिज्य बैंकहरुको खुद नाफा २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ अर्ब ६८ करोड ८३ लाख मुनाफा आर्जन गरेका थिए ।

सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको नाफामा घटेको छ, भने ११ बैंकले बढाएका छन् । अर्थतन्त्र चलायमान बन्न नसक्दा निमार्ण व्यवसायीको भुक्तानीमा समस्या भएको, साना तथा मझौला व्यवसायीहरूको व्यवसाय प्रभावित भएकोलगायत कारण बैकिङ क्षेत्रमा असुलीमा समस्या भएको छ ।