Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल मेडिसिटी अस्पताल ठगी गरेको आरोपमा तीन पूर्वकर्मचारी पक्राउ


नेपाल मेडिसिटी अस्पताल  ठगी गरेको आरोपमा तीन पूर्वकर्मचारी पक्राउ

काठमाडौं।  नेपाल मेडिसिटी अस्पतालको दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा अस्पतालका पूर्वकर्मचारी कार्यकारी आईपी बिलिङ्ग को रूपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका–४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल छन् ।

अस्पतालको नख्खु ललितपुरस्थित बिलिङ सेक्सनमा काम गर्ने उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको शुक्रा नामको ‘एचएमआईएस सफ्टवेयर को दुरुपयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिने र बिरामीबाट लिएको शुल्क भन्दा कम शुल्क सफ्टवेयर डीएफ इन्ट्रीमा देखाई ठगी गरी घाटा पुर्‍याएको अस्पतालको आरोप छ ।

अस्पतालको २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरी घाटा पुर्‍याएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए । उक्त घटनामा संलग्नको आरोपमा उनीहरूलाई आपराधिक लाभ तथा अपराधिक विश्वापसघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालेको प्रहरीले बताएको छ ।