काठमाडौं, २९ असार । समाज लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइबारबाट किनबेच हुनेल भएको छ । करिब २ वर्ष पछि फुकुवा भएसंगै दोस्रो बजारमा कारोबार हुने छ । स्वस्तिक लघुवित्तसँग मर्जर सम्बन्धी सम्झौता भएपछि शेयर कारोबार हुन सकेको थिएन् । बिहिबार नेप्सेले लघुवित्तको आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको धितोपत्र कारोबार फुकुवा गरेको हो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको आधारभुत शेयरधनी बाहेकको शेयरधनीहरुको धितोपत्र कारोबार फुकुवा गरेको जनाएको छ ।
समाज लघुवित्त वित्तीय शेयर कारोबार आइबारबाट