Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कृषि विकासका लागि तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने


कृषि विकासका लागि तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने

काठमाडौं । कृषि विकासका लागि तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राज्यमा रहेका बताएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ गर्दै मन्त्री भुसालले किसानको मुख्य समस्याका रूपमा रहेका बाँदर समस्या समाधानका लागि सरकारले योजना बनाएको पनि बताए।

भुसालले आर्थिक आम्दानीका लागि माछा, बाख्रा र कुखुरापालन, सुन्तला, कागती र व्यावसायिक तरकारी खेती गरे आर्थिक रूपमा सक्षम हुन सक्ने बताए । सरकार जनताका हरेक समस्या समाधानमा लागेको बताउँदै मन्त्री भुसालले आगामी चार वर्षमा धेरै काम गरेर सक्ने बताका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले नेपालको बाँझो जमिनलाई व्यवस्थित गरी कृषि गरेमा विदेशमा जान नपर्ने बताउनुभयो । त्यसै गरी कार्यक्रममा कृषि सचिव डा.गोविन्दप्रसाद शर्मा र भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतले कृषिको उत्पादन र विकासका बारेमा आआफ्नो धारणा व्यक्त गरे । परियोजना कार्यान्वयन एकाइ स्याङ्जाको पहलमा भएको सुन्तला रोपण अभियानमा चार हजार सुन्तलाको बिरुवा रोप्ने बताएका छन् ।