Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घट्यो


शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घट्यो

काठमाडौं । शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव २७ विन्दुमा झरेको छ ।

आज विकास बैंक र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर झन्डै २ प्रतिशत, होटल समूहको शेयर डेढ प्रतिशतले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशत तथा नेपाल माइक्रो इन्सुरेन्स र बाराही हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ८ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।