काठमाडौ । आज बुधबार नेप्से बजार ३१.४२ अंकले बढेको छ ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से आज दिउँसोसम्म आईपुग्दा २०५० को नजिक आएको छ । ३१.४२ अङ्कले बढेर नेप्से परिसूचक २०५२.०७ मा आएको हो ।
आज २ घण्टामा लगभग २ अर्ब ११ करोड ७५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो ।
यस्तै, आजको टप गेनरमा पन्चकन्या माई हाईड्रोपावर रहेको छ जसको ८.४० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा शुवम पावर रहेको छ।