काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टिआइएमा बुधबारदेखि आन्तरिक रूपमै फोहोर व्यवस्थापन भएको छ । विमानस्थलमा रेस्टुरेन्ट, हवाई यात्रु, आगन्तुक र कर्मचारीबाट निस्किने फोहोर व्यवस्थापनका लागि अत्याधुनिक इन्सिनेरेटर मेसिन सञ्चालनमा ल्याइएको हो ।आन्तरिक टर्मिनलको पार्किङनिर राखिएको इन्सिनेरेटर मेसिनले फोहोरलाई जलाएर खरानी र ग्यासमा परिणत गर्छ ।
कमेसिनबाट जल्ने फोहोरलाई व्यवस्थापन गर्दा विमानस्थलको समग्र सुरक्षालाई पनि बढाउने विमानस्थल कार्यालयले बताएको छ । यसले वन्यजन्तु र चराको जोखिमलाई पनि कम गर्ने दाबी गरिएको छ । मेसिनबाट निस्किने उच्च तापक्रमबाट फोहोरलाई जलाइरहने हुँदा विमानस्थललाई सफा राखिराख्न मद्दत पुग्ने । अब महानगरको गाडी फोहोर लिन नआउँदा पनि विमानस्थलको फोहोर व्यवस्थापनमा समस्या हुनेछैन ।