Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पुर्वराजाको समर्थनमा प्रर्दशनमा उत्रिएका कारण काठमाडौं उपत्यका अस्तव्यस्त


पुर्वराजाको समर्थनमा प्रर्दशनमा उत्रिएका कारण काठमाडौं उपत्यका अस्तव्यस्त

काठमाडौं । पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागतमा त्रिभुवन विमानस्थलबाट बाहिर बसेका उनि सर्मथितका कारण आइतबार काठमाडौं उपत्यकाको जनजिवन प्रभावित भयो । उनको स्वागतमा एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज खासगरी चक्रपथमा राजावादीको भिड लागेको थियो ।

त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट ज्ञानेन्द्र गाडीबाट आधा जीउ निकालेर समर्थकहरूमाझ हात हल्लाइरहेका थिए । राजावादीको प्रदर्शनका कारण त्रिभुवन विमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई भने सास्ती भएको हो ।

त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रु तीनकुने र चावहिलबाट सवारी डाइभर्ट भएकाले समयमा उडान भेट्न गार्‍हो भएको दुखेसो पोखेका थिए ।

यात्रुलाई बिदाई गर्न गएका र लिन गएका आफन्तलाई समेत प्रहरीले सडक छेउको गेटैमा रोकेको थियो । राजावादीको भीड बढेपछि ट्राफिक प्रहरीले तीनकुने देखि गौशाला क्षेत्रमा यातायात डाइभर्सन गरेको थियो ।