काठमाडौं । झन्डै एक महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ । सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । हिजो शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए ।
आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आजबाट नै विद्यार्थी भर्ना सुरु भएको छ । करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने महासंघले जनाएको छ ।
शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।