Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

आजबाट खुल्यो काठमाडौंको ‘स्काइवाक टावर’ सर्वसाधारण भन्छन्ः टिकट महङ्गो भयो


आजबाट खुल्यो काठमाडौंको ‘स्काइवाक टावर’ सर्वसाधारण भन्छन्ः टिकट महङ्गो भयो

काठमाडौँ । काठमाडौँ कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको ‘स्काइवाक टावर’को आज सफ्ट ओपनिङ भईरहेको छ । सो टावर चढ्न सर्वसाधारणले एक हजार रुपैयाँ तिरेर टिकट काट्नुपर्ने हुन्छ । अर्थात्, स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति रु एक हजार तोकेको छ ।

निर्माण कम्पनिले सो टावरको टिकटको एक हजार मूल्य तोकिरहँदा यता सर्वसाधारणले भने टिकट मूल्य महङ्गो भएको गुनासो पोखेका छन् ।
स्काइवाक अवलोकनमा गएका एक सर्वसाधारणले हाम्रो जस्तो गरिब मूलुकमा कहिँ कतै यस्तो टावर निर्माण गर्नु गलत कुरा नभएको तर टिकटको मूल्य भने महँगो लागेको बताईन् । एकातिर आर्थिक मन्दी चलिरहेको छ र अर्कातिर महङ्गिले आकाश छोईसकेको अवस्था छ, यस्तो अनिकाल समयमा त्यत्रो रकम तिरेर सायदै यहाँका आन्तरिक पर्यटकलाई यो टावरले आकर्षित गर्न सकिन्छ, उनले थप भनिन् । उनका अनुसार टिकट मूल्य उचित तोकेको भए अहिलेको अवस्थामा सर्वसाधारणलाई केही राहत हुन्थो । यसले आन्तरिक पर्यटकलाई आकर्षित पनि गर्न सकिन्थ्यो ।

कम्पनीले हाललाई बिहान ८ देखि राति ८ बजेसम्म स्काइवाक खुल्ने जानकारी दिएको छ । सर्वसाधारणले आजैदेखि टिकट काटेर त्यहाँ अवलोकन गर्न पाउने भएका छन् ।
कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा दुई अर्ब लगानी भएको यो टावर वरपर कुल १३ रोपनी दुई आनामा फैलिएको क्षेत्रफलमा पार्किङको सुविधाको पनि व्यवस्था गरिएको छ । सोही परिसरमा रहेका ३६ वटा सटरमा रेष्टुराँलगायतका सुविधा पनि उपलब्ध हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई पाँच तहमा राखिएको छ । सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि एक दशमलव पाँच एमएम, १० एमएम, एक दशमलव पाँच एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ ।

हाल करिब ९० जना कम्पनीका सेयरधनी रहेका छन् । नेपालमा पहिलोपटक निर्माण गरिएको यसप्रकारको संरचनाले सर्वसाधारणलाई कत्तिको आकर्षण गरिन्छ, त्यो भने हेर्नै बाँकी छ ।