Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्धारा डिजिटल्ली कार्यक्रम प्रारम्भ


नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्धारा डिजिटल्ली कार्यक्रम प्रारम्भ

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जिफन्ट डिजिटल्ली कार्यक्रम प्रारम्भ गरेको छ । जिफन्टको ३४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा विश्वभर रहेका मजदुरसँग प्रत्यक्ष संवादका लागि जिफन्टले एक्सन रुम सञ्चालमा ल्याएको हो ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सूचना र प्रविधिको अभूतपूर्व विकासले विदेशमा छरिएर अनेक खालका श्रम गरिरहेका श्रमिकहरुलाई गोलबन्द गर्ने जिफन्टको लक्ष्य पूरा गर्न जिफन्ट डिजिटल्लीु कार्यक्रम ल्याएको बताए ।

त्यसैगरी जिफन्टले जिफन्ट एप्सु प्रयोगमा ल्याउने घोषणा गरेको छ । जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्लीु भन्ने नारालाई प्रभावकारी ढंगले साकार बनाउन वेभसाइट, अत्याधुनिक कल सेन्टर तत्काल सञ्चालनमा ल्याउने जानकारी उनले दिए ।

राष्ट्रिय कमिटी र प्रदेश कमिटीका पदाधिकारीहरू उपस्थितिमा जिफन्ट एक्सन रूममा आयोजित ३४ औं स्थापना दिवसमा जिफन्टका जिल्ला, प्रदेश, प्रवासमा रहेका मजदुर नेता, कार्यकर्ताहरू भर्च्युअली सहभागी भएका थिए । दिवसको अवसरमा सातै प्रदेशमा वृक्षारोपण, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गरिएका थिए ।

जिफन्टले एक्सन रूमु बाटै यही साउन १२ गते शुक्रबार कतारमा जीएसजीमा संगठित श्रमिकहरुलाई लक्षित गरी पहिलो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ । जिफन्ट २०४६ साउन ५ गते भूमिगतरूपमा स्थापना भएको मजदुर संगठन हो ।