Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै, यस्तो छ तालिका


आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै, यस्तो छ तालिका

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ ।

पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ । हैदराबाद दुई अङ्कसहित छैटौं स्थानमा छ ।

यस्तै आजको दोश्रो खेल गुवाहाटीमा नेपाली समय अनुसार पौने ८ बजे राजस्थान रोयल्स् र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । दुई खेलमा जीतविहिन राजस्थान तालिकाको पुछारमा छ । चेन्नई दुई खेलमा दुई अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।