Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था नभएकोमाः भुवनबहादुर सुनार आपत्ति


दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था नभएकोमाः भुवनबहादुर सुनार आपत्ति

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा बोल्दै गर्दा  सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था नभएको  भन्दै आपत्ति जनाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले २३ प्रतिशत जनसङ्ख्या रहेका दलितहरुका लागि किटानीका साथ बजेटको व्यवस्था नगरिएको भन्दै आक्रोश व्यक्त  गरेको हो ।

सांसद सुनारले कर्णाली प्रदेशमा बजेटको माग गर्दै प्रर्दशन गरिरहेका दलितहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।उनले भने कर्णाली प्रदेशमा ठूलो संख्यामा दलित समुदायको जनसङ्ख्या छ । २३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको समुदायका लागि राज्यले किटान गरेर बजेट छुट्टयाउँदैन ।

पहुँचका आधारमा बजेट विनियोजन हुने, दुर्गम र विपन्न बस्तीहरुलाई पूरै बिर्सने अवस्था छ । कर्णाली प्रदेशमा बजेटको माग गर्दा दर्जनौ दलितहरु प्रहरी प्रशासनका कुटाइका कारण घाइते हुनुपरेको छ । सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।