Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आउँदो आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री विष्णु पौडेल


आउँदो आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको दाबी गरे । नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजले आज काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयन पनि सकारात्मक हुने विश्वास गर्न आग्रह गरे । विगतका साढे ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेकोले ६ प्रतिशतको वृद्धिदर हासिल असम्भव नरहेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजस्व सङ्कलनका लागि थोरै मेहनत गर्न आवश्यक रहेको तर लक्ष्य हासिल गर्न सकिने बताए । उनले स्रोतको विषयमा चिन्ता नगर्नका लागि सबैलाई आग्रह गरे । युवा उद्यमीहरूलाई सशक्त रूपमा पहल गरेको पौडेलको दाबी छ ।