Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराई सेवाबाट बर्खास्त


सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराई सेवाबाट बर्खास्त

काठमाडौँ । सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीका इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको जानकारी दिइएको छ । पुस १६ गतेको निर्णय अनुसार उनी भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताइएको छ ।