Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सनराइज बैंक शाखादमार्फत् भद्रपुरमा यात्रु प्रतिक्षालयको निर्माण


सनराइज बैंक शाखादमार्फत् भद्रपुरमा  यात्रु प्रतिक्षालयको निर्माण

काठमाडौं । सनराइज बैंक लिमिटेड कोसी प्रदेशको भद्रपुरस्थित गिरिचोकमा यात्रु प्रतिक्षालयको निर्माण गर्ने भएको छ। आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेशकुमार पोखरेल तथा बैंकका कोसी प्रदेश प्रमुख बिनोद गजुरेलले संयुक्त रुपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्की, बैंकका शाखा प्रबन्धक भरत प्रसाईलगायतको उपस्थिती थियो। उक्त यात्रु प्रतिक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म यात्रा गर्ने सयौं यात्रु लाभान्वित हुने बैंकको विश्वास छ।

नगरपालिका प्रमुख गणेशकुमार पोखरेलले उक्त कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै सनराइज बैंकलाई धन्यबाद ज्ञापन गरेका छन्। सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको देखिएको छ।