काठमाडौं । प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन पुगेको छ । टेरामक्स खरिद प्रकरणमा आज नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन जना पुगेको हो । फौजदारी अभियोगमा मुद्दा दायर भएपछि यसअघि नेकपा एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछाने निलम्बनमा छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद गीता बस्नेत फरार छिन् ।
प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन पुग्यो