Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिदै, किसान उत्साहित


एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिदै, किसान उत्साहित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू—भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ। विभागको पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले कोसी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्न बताए । विभागले जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मान्ने गर्छ ।

मौसमविद् लामिछानेका अनुसार आइतबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताए । ती प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । सोमबार काठमाडौंमा मध्यम वर्षा भएको ।

माहाशाखाका मौसमविद् लामिछानेले दिएको जानकारी अनुसार आइतार राति १० बजेदेखि सोमबार राति १० बजेसम्म काठमाडौंमा २९.५ मिलिमिटर वर्षा मापन भएको थियो । १० देखि ५० एमएमको वर्षालाई विभागले मध्यम वर्षा भन्ने गर्छ । बुधबार कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।

यसैबीच मौसम विज्ञान विभागले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ । यस्तै , मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम चालीस डिग्री सेल्सियसभन्दा बढी मापन भएको जनाउँदै केही दिनसम्मका सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू—भागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ ।

विभागले वाग्मती प्रदेशको तराईका भू-भाग र मधेश प्रदेशको पश्चिमी भू-भागमा थोरै तापक्रम घट्ने जनाएको पनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने उल्लेख गरेको छ । ती भू—भागहरूमा जेठ ३० गते देखि असार १ गतेसम्म तातो हावा तथा लू को सम्भावना यथावत् रहने विभागले जनाउँदै आवश्यक सतर्कता अपनाउन पनि अपिल गरेको छ । विभागका अनुसार मधेश प्रदेशको पूर्वी भू-भागमा तापक्रम केही घट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना रहने जनाएको छ ।

यस्तै पश्चिमी पहाडी भू—भागका उपत्यका तथा खो‌चहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको विभागले जनाएको छ । यसैबीच, मौसममा बदलाप आएसंगैं किसानहरु भने उत्साहित भएका छन् । लामो समय पानी नपर्दा समस्या भोगेका किसानहरुले राहतको महतशुष गरेका हुन ।