Thursday, October 09, 2025

२०८२ आश्विन २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत् आपूर्ति चुस्त बनाउन मन्त्री घिसिङको निर्देशन, निर्देशकसहितका अधिकारीसँग छलफल


विद्युत् आपूर्ति चुस्त बनाउन मन्त्री घिसिङको निर्देशन, निर्देशकसहितका अधिकारीसँग छलफल

काठमाडौं । बाढीपहिरोपछि देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेका बेला ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका अधिकारीसँग छलफल गरेका छन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने आवश्यक नीतिगत एवं प्राविधिक सुधारका विषयमा छलफल गरेका हुन ।

सोमबार साँझ घिसिङले नेपाल विद्युत् प्राधिकरणमातहतको स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको अनुगमन र सोही क्रममा छलफल गरेका हुन । घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढीपहिरोबाट क्षति भएका विद्युत् आयोजनालगायतका विषयमा जानकारी लिए ।

बाढीपहिरोले क्षति पु¥याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालु गराउनुपर्ने बताउँदै घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोहीबमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे ।

उनले विद्युत्गृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महìवपूर्ण मानिएका मस्र्याङ्दी कोरिडोर २२० केभी, हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दनकुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गरेका थिए ।