Thursday, June 26, 2025

२०८२ असार १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्र


राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरमा डेपुटी गभर्नर बम बहादुर मिश्र तोकिएका छन्। अर्थ मन्त्रालयले मिश्रलाई असार ११ गतेदेखि कामु गभर्नरको जिम्मेवारी दिएको हो ।

गभर्नर डा.विश्व पौडेल एक साताका लागि कार्यक्रममा सहभागी हुन जेनेभा गएपछि मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिइएको हो । उनले बुधबारदेखि लागू हुनेगरि कामुको जिम्मेवारी दिइएको हो । सिनियर डेपुटी गभर्नर डा. निलम तिमल्सिना पनि हाल सार्क फाइनान्स कार्यक्रममा सहभागी हुन बंगलादेश छिन्।