काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले मन्त्री पदको शपथ ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा उनलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको जनमत पार्टी पुनः सरकारमा सहभागी भएको हो । पार्टीले मन्त्रीका लागि समानुपातिक सांसद अनितादेवी साहको नाम सिफारिस गरेको थियो । जनमतले एक साताअघि प्रधानमन्त्री दाहाललाई साहको नाम सिफारिस गरेको थियो ।
जनमत पार्टीकी अनितादेवीको शपथ ग्रहण