काठमाडौं, १२ असार । बजेटमाथि सत्ता पक्षकै सांसदहरुको असन्तुष्टी बढेका समयमा नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् । बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । तर, बजेट पास हुने सम्भावना भने न्यून देखिन्छ । सत्ता पक्षका सांसदहरुकै असन्तुष्टिका बीचमा बजेट पारिद हुने सम्भावना भएको एक सांसदले बताए । बजेट सदनमा प्रस्तुत भइसकेकाले त्यसलाई सच्याउने एउटा प्रक्रिया मात्रै हुने अर्थविदको भनाई छ ।
बजेट पास गराउन मतदान गर्न र तटस्थ नरहन कांग्रेसको ह्विप जारी
बुधबार प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस...