Sunday, November 02, 2025

२०८२ कार्तिक १७, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कांग्रेस सांसद खतिवडाले भनेः सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गरौं[भिडिओ सहित]


कांग्रेस सांसद खतिवडाले भनेः सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गरौं[भिडिओ सहित]

काठमाडौं,८ असार । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् । सांसद खतिवडाले पहाडी जिल्लाहरुमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा वृहत् रुपमा पहिरो जानेक्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताए । साथै जति नेपाल सरकारले ठेक्कापट्टाबाट काम लगाउँछ ।

लगाएका कामहरु समयमा ठेकदारले पूरा नगर्दा आषाढ आएपछि खोर्सिन जाने, खन्ने अनि पुर्ने काम भएकाले पहाडी क्षेत्रमा बाढीको प्रकोप, पहिरोको प्रकोप बढेको हुँदा सरकारको त्यतातिर ध्यान जाओस् भनेर अनुरोध गरेँ सभामुख महोदय । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उनले डोजर ड्राईभर आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेर गएकाले त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताए । सांसद खतिवडाले वर्षातकै कारण पहिरोको जोखिममा परेका ओखलढुङ्गा बिलन्दुका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।