काठमाडौं, साउन ९ । आर्थिक वर्ष २०७९,८० मा ओभर द काउन्टर (ओटिसी ) बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ। दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार आठ सय ८६ बराबरमा कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विवरण अनुसार ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको संख्या दुई सय ६ वटा छ। ओटिसी बजारमा भएको कारोबारबाट गत वर्ष ५ करोड २९ लाख ५५ हजार ९ सय ८० बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले बताएको छ।
ओटिसी बजारमा काठमाडौं फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता १ हजार एक सय २५ मा दुई हजार दुई सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ। ओटिसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सयका दरले किनबेच भएको देखिन्छ ।
नेपाल स्टक एक्सचेन्जले ओटिसी बजारको अवधारणा विकास गरी ०६४ देखि सञ्चालनमा ल्याएको थियो। नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकेका पब्लिक कम्पनीको सेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत गर्दै आएको छ।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    