Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मर्जर प्राप्तिमा सहभागी हुने बैंक तथा वित्तीय संस्थालाई सहुलियत दिने राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले  गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी वाणिज्य बैङ्कहरूलाईवटा सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त क ख ग  वर्गका बैंक  तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन परिमार्जन थप गरी सुविधा थप गरेको हो ।

मङगलबार राष्ट्र बैङ्कले एकीकृत निर्देशन जारी गर्दै एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट लागु हुने गरी विभिन्न सुविधा तथा छुट प्रदान गरेको बताएको छ ।

तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने तथा सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा छ महिना व्यतीत नभई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने एकीकृत निर्देशनमा उल्लेख छ । एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न छ महिनाको समय प्रदान गरिने राष्ट्र बैंकले  बताएको छ ।

गाभ्ने गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साबिकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले  तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने एकीकृत निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकबाट तोकिएकोप्रति संस्था निक्षेप सङ्कलन सीमामा एक वर्षसम्म पाँच प्रतिशत बिन्दुले थप गरिने तथा एकीकृत कारोबार सञ्चालनका व्रmममा एक किलोमिटरको दुरीमा सञ्चालनमा रहेका शाखा कार्यालयमध्ये कुनै एक शाखा कायम राखी सोही दुरीभित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको  स्वीकृति आवश्यक नपर्ने एकीकृत निर्देशनमा उल्लेख छ  ।