Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एभरेष्ट बैंकको सहयोग समता स्कुललाई २ लाख


एभरेष्ट बैंकको सहयोग समता स्कुललाई २ लाख

काठमाडौं, २० असार । वीरगन्ज कारागारपरिसंरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदी बन्दीसँग बस्दै आएका उनीहरूका छोराछोरीलाई शिक्षा दिक्षा उपलब्ध गराउने उद्देश्यका साथ वीरगन्ज कारागारपरिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग एभरेष्ट बैंक लिमिटेडले  गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भवनको मर्मत–सम्भार तथा रङरोगन प्रयोजनका लागि २ लाख रुपैयाँ सहयोग गरेको हो । विद्यालयपरिसरमा आयोजित समारोहमा बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लिखित रकमको चेक हस्तान्तरण गरेको बताइएको छ ।

यसबाट कैदीबन्दीका छोराछोरीलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सहयोगले कैदीबन्दीका छोराछोरीको शिक्षादीक्षामा थप सहजता हुने र उक्त विद्यालय वीरगन्ज क्षेत्रकै साझा सम्पत्ति भएकाले सबैले यसलाई जगेर्ना गर्नुपर्ने बताइन् । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको जनाइएको छ । हाल बैंकले देशभरमा एक सय २६ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, ३२ राजस्व संकलन काउन्टर तथा एक सय ६१ एटिएममार्फत सेवा दिँदै आएको बताएको छ