Sunday, June 22, 2025

२०८२ असार ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

लामखुट्टेको लार्भा मार्न ५ करोड बजेट


लामखुट्टेको लार्भा मार्न ५ करोड बजेट

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा लामखुट्टेको लार्भा मार्नका निम्ति ५ करोडको बजेट विनियोजन गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक गरेको बजेटमा लामखुट्टेको लार्भा मार्न ५ करोड रुपैया विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले पहिलो पटक किटजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि कार्यक्रम ल्याएको र जैविक विषादी प्रयोग गरेर लामखुट्टेको लार्भा नै मार्ने कार्यक्रमका लागि बजेट विनियोजन गरेको प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।