Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महालक्ष्मी विकास बैंकले कालीकोटमा पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान


महालक्ष्मी विकास बैंकले कालीकोटमा पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं , २१ असार । महालक्ष्मी विकास बैंकले कालीकोट जिल्लाका पाँच जना विद्यार्थीलाई प्लस टु वा डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई कालीकोट जिल्लाका पाँच जना विद्यार्थीको अध्ययनमा सहयोग पुर्यान २ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।

बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरेको बताइएको छ । बैंकले कालीकोट जिल्लाका सरकारी विद्यालयबाट एसइई उत्तीर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक, तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिइभिटी अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँचजना विद्यार्थीले उक्त छात्रवृत्ति पाउने बताएको छ ।

बैंकले अध्ययनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले भक्तपुरको वागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत दत्त कठायत, बुढानीलकण्ठको लोयल्टी एकेडेमीमा अध्ययनरत ईश्वरी शाही, सुर्खेतको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत भावना शाही, बुढानीलकण्ठको बे्रन ल्यान्ड एकेडेमीमा अध्ययनरत सृष्टि शाही र चाबहिलको रिलायन्स इन्टरनेसनल एकेडेमीमा अध्ययनरत सृष्टिकुमारी शाहीलाई पनि प्रतिविद्यार्थी ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएकोे बताएको छ ।आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले बताएको छ ।