Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महासंघ र परिसंघले संयुक्तरुमा मौद्रिक नीतिमा सुझाव पेश गर्दै, निजी क्षेत्रको हकहितमा सहकार्य गर्ने


महासंघ र परिसंघले संयुक्तरुमा मौद्रिक नीतिमा सुझाव पेश गर्दै, निजी क्षेत्रको हकहितमा सहकार्य गर्ने


काठमाडौं, १८ असार । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ। महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका छन्। महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिनुहुँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए ।

हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौं र अब पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रुपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछन्। यसले सकारात्मक सन्देश दिने अध्यक्ष ढकालको विश्वास छ।

परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिबीच पनि सहकार्य आवश्यक रहेको बताए । परिसंघको असार ९ गते नयाँ कार्यसमिति चयन भएको थियो। सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यको सहभागिता थियो।