Thursday, July 10, 2025

२०८२ असार २६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेश प्रदेशसभा बैठक बुधबार तेस्रो दिन पनि अबरुद्ध


मधेश प्रदेशसभा बैठक बुधबार तेस्रो दिन पनि अबरुद्ध

काठमाडौं । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक बुधबार तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका   थिए । जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले बजेटमा बिचौलिया हावी भएको र असमान ढंगले बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए ।

बजेटको विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भए पनि कुरा मिलेको छैन । सहमति नजुटेपछि लगातार तीन दिन संसद चल्न सकेन ।

सांसद यादवले बजेट पुनर्लेखन नगरेसम्म अन्य कुनै सहमति नहुने स्पष्ट पारे । बजेटमा बिचौलिया हावी भएको र आफ्नो क्षेत्रकै ठूला योजनाहरुमा ५—१० लाख बजेटमात्र विनियोजन गरिएको भन्दै सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीकै अध्यक्ष सीके राउतले विरोध जनाएका थिए । तर पछिल्लो समय उनले बजेटको प्रशंसा गरिरहेका छन् ।

सत्तारुढ नेपाली कांग्रेस पनि बजेटको विषयमा विभाजित छ । कांग्रेस दलका नेता कृष्णप्रसाद यादव बजेटको पक्षमा छन् भने उपनेता वीरेन्द्र सिंहले विरोध जनाइरहेका छन् ।