काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन शुक्रबार प्रतितोला ८ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यस्तैगरि आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ।