Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दाउन्ने खण्डमा यातायात अवरुद्ध,वैकल्पीक मार्ग प्रयोग गर्न आग्रह


दाउन्ने खण्डमा यातायात अवरुद्ध,वैकल्पीक मार्ग प्रयोग गर्न आग्रह

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

गएराति करिब ११ बजेबाट अवरुद्ध सडक आज बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन । दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।