काठमाडौं, श्रावण १९ । कृषि विकास बैंकले क्युआर पेमेन्टका लागि इन्सट्यान्ट पेमेन्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ। बैंकका सेवा सुविधाहरुलाई सूचना प्रविधिमैत्री बनाई अत्याधुनिक बैंकिङ सेवाको विस्तार एवम् सेवा प्रवाहलाई छिटो, छरितो, गुणस्तरयुक्त तथा भरपर्दो बनाउने अभिप्रायलाई आत्मसात गर्दै बैंकले सेवा सञ्चालनमा ल्याएको बताएको छ।
यो सेवा सुरूवातपछि अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत् आफ्ना ग्राहकहरूले भुक्तानी गरेपछि सो भुक्तानीको सूचना मर्चेन्टले एसएमएस तथा इ–मेलको अलावा आवाजबाट पनि पाउने छन्। नेपाल क्लियरिङ हाउस (एनसिएचएल) सँगको सहकार्यमा नेपाल पे क्युआर कोड नेटवर्कमा आवद्ध मर्चेन्टहरूले यो सुविधा प्राप्त गर्नेछन्। बैंकले ल्याएको यस सेवाबाट हाल नेपाल पे क्युआर कोड नेटवर्कमा आवद्ध मर्चेन्टहरूमार्फत भुक्तानी भएको जानकारी आवाजबाटै तत्काल पाउने छन्।
यसबाट डिजिटल भुक्तानीमा ग्राहकहरूको विश्वसनीयतामा अभिवृद्धि हुने तथा डिजिटल भुक्तानी प्रणाली थप सुरक्षित हुने बैंकले अपेक्षा गरेको छ।कृषि क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिने अभिप्रायले कृषिको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग पुर्याउने उद्देश्यले यो बैंक स्थापना भएको हो। यस बैंकले हाल मुलुकभर २८५ भन्दा शाखाहरूबाट ग्राहकहरुलाई क वर्गको बैंकले प्रदान गर्ने सम्पूर्ण अत्याधुनिक सेवा सुविधा प्रदान गरिरहेको छ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    