Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारद्धारा साढे २७ अर्ब आन्तरिक ऋण उठाउने तयारी


सरकारद्धारा साढे २७ अर्ब आन्तरिक ऋण उठाउने तयारी

काठमाडौं, २४ असार । सरकारले ट्रेजरी बिलमार्फत साढे २७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी थालेको छ ।
राष्ट्र बैंकले सोमबार (असार २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ भने मंगलबारदेखी ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

ट्रेजरी बिलमार्फत मात्र सरकारले २७ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । यो वर्ष सरकारले नयाँभन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ । जसअनुसार यसअघि राष्ट्र बैंकले आह्वान गरेकोमध्ये धेरै पुरानो र थोरैमात्र नयाँ ट्रेजरी बिल विक्री गर्दै आएको थियो । यसपटक भने आह्वान गरेजति सबै (साढे २७ अर्ब रुपैयाँ बराबरको) ट्रेजरी बिल नै पुरानो बिक्री गर्न लागेको हो ।

यसपटक पनि २८, ९१, १८२ र ३६४ दिन अवधिका ट्रेजरी बिलको बिक्री हुँदैछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । पछिल्लो पटकको बोलकबोलमा ७.०४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ७.१४ प्रतिशत र सबैभन्दा कम ३.९८ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।