२६ असार, काठमाडौं । आज मंगलबार नेप्से बजार २.४३ अंकले बढेको छ ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से दिउँसोसम्म २०८० को नजिक आएको छ । २.४३ अङ्कले बढेर नेप्से परिसूचक २०७९.४० मा आएको हो । आज २ घण्टामा लगभग ९३ करोड ३१ लाख कारोबार भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा कम हो ।
यस्तै, आजको टप गेनरमा रावा इनर्जी रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पिपल्स पावर रहेको छ ।