Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ


७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।


चालु आर्थिक वर्षको १ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत—नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।