काठमाडौं । कारोबारको पहिल्लो दिन सेयर बजारमा परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् । नेप्से परिसूचक ४०.४ अंक बढेर १९८० अंकमा पुगेको छ । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।
कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को कम्पनीको घट्यो र ५ स्थिर रहृयो । जसमध्ये बैंकिङ ८.८ प्रतिशत , विकास बैंक १६५प्रतिशत , फाइनान्स ९१ प्रतिशत , होटल तथा पर्यटन ५२ प्रतिशत , जलविद्युतको ५६ प्रतिशत, जीवन बीमा १८७ प्रतिशत, उत्पादन १७१ प्रतिशत , माइक्रोफाइनान्स ८२ प्रतिशत, निर्जीवन बीमा १६५ प्रतिशत , अन्य २७ प्रतिशत र ब्यापार उपसमूह ९५ अंक बढे ।
प्रतिशतका आधारमा सबैभन्दा धेरै फाइनान्स उपसमूह ५ प्रतिशत बढ्यो । भूगोल इनर्जी र सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको २४५.३० र सिटीको मूल्य प्रतिकित्ता १२२.२० रुपैयाँ कायम भएको छ । सीटीको आइतबारदेखि नै कारोबार भएको हो ।
कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहेका छन् ।