Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारको बचाउ गर्दै अर्थमन्त्रीले भनेः अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न अध्यादेश !


सरकारको बचाउ गर्दै अर्थमन्त्रीले भनेः अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न अध्यादेश  !

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जारी गरेका अध्यादेशको बचाउ गरेका छन् । सरकारले अध्यादेशका माध्यमबाट कानून संशोधन गरेर अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न चाहेको बताएका हुन्। आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेशहरूप्रति निजी क्षेत्र सकारात्मक रहेको समेत दाबी समेत गरे ।


उनले अहिलेको सरकारहरूको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताउँदै सरकार विशेष परिस्थितिमा बनेको बताए । उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने पनि बताए ।

पौडेलले शिथिलतालाई क्रियाशिलता र गतिशिलतामा बदल्नुपर्ने भन्दै त्यसका लागि सरकारले आवश्यक कदमहरू चाल्ने बताए । उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गर्दै राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरूलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आग्रह गरे ।