काठमाडौं, श्रावण १९ । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पानीपोखरीमा रहेको शुक्र हाउस अफ गाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिने उद्देश्यले शुक्र डाइग्नोस्टिकसँग छुटसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउसका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने बताइएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ ।