Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रुसी फौजमा नेपाली पुगेको सरकारलाई जानकारी छ कि छैन ? राजेन्द्र बजगाई [भिडिओ सहित]


रुसी फौजमा नेपाली पुगेको सरकारलाई जानकारी छ कि छैन ? राजेन्द्र बजगाई [भिडिओ सहित]

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवाहरु कतार प्रहरीदेखि रुसी फौजमा पुगेको कुरा सदनमा उठाएका छन् । नेपालीहरु कतार प्रहरीदेखि रुसी सेनामा पुगिरहँदा सरकारले उत्तरदायी नभएको बजगाईंको भनाइ थियो । शुक्रबार सदनमा भनेका छन्, ‘युक्रेन र रसियामा नेपाली जवानहरु त्यहाँका सेनामा भर्ती भइरहेका भिडियोहरु सार्वजनिक भइरहेको छ । यसमा कुनै दुर्घटना नतिम्तियोस् अथवा भविष्यमा यसले हामीलाई कुनै समस्यामा नपारोस् । सरकार उत्तरदायी हुनुपर्ने परिस्थिति जबरजस्त सिर्जना नहोस् । त्यस्तैगरी कतारले पनि सुसज्जित हतियारसहित नेपाली युवाहरुलाई प्रहरीमा भर्ना गरिरहेको छ । त्यसमा पनि सरकारको ध्यान जाओस् ।’ फरक प्रसंगमा बजगाईंले पोखरा विमानस्थलको सवालसमेत उठाए । पोखरा विमानस्थल बीआरआईको हो कि होइन भन्नेमा बजगाईंले प्रश्न गरे । उनले भने, ‘भर्खरै पोखरा एयरपोर्टलाई बीआरआईअन्तर्गत हो भनेर महामहिमज्यूले भन्नुभएको छ । यसमा पनि सरकारको ध्यानाकर्षण होस् भन्ने माग गर्न चाहन्छु ।’