ऐजेन्सी । चीनले विदेशी लगानी आकर्षित गर्न मार्गनिर्देश जारी गरेको छ । चीनको राज्य परिषद्ले आइतबार देशको विदेशी लगानीको वातावरण अझ अनुकूल बनाउन र लगानी भित्र्याउन नयाँ मार्गनिर्देश जारी गरेको हो ।
राज्य परिषद्ले बौद्धिक सम्पत्ति अधिकार सहित विदेशी लगानीकर्ताहरूको अधिकार र हितको संरक्षण बढाउने र सीमापार डाटा प्रवाहको लागि सुविधाजनक र सुरक्षित व्यवस्थापन संयन्त्र अपनाउनु पर्ने उल्लेख गरेका छ ।
मार्गनिर्देशनले विदेशी लगानीकर्ताहरुलाई चीनमा आफ्नो नाफाको पुनः लगानी गर्नका लागि अस्थायी रुपमा रोक लगाउने, आयकर छुट दिन सहित वित्तीय समर्थन र कर प्रोत्साहनहरु पनि घोषणा गरेको छ ।