Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले आगामी शुक्रबारबाट एकीकृत कारोबार सुरु गर्दै


लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले आगामी शुक्रबारबाट एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं,२७ असार । राष्ट्र बैंकले मर्जरको नीति लिएसंगै लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले आगामी शुक्रबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई बैंकहरुले लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्। दुबै बैंकहरुको साधारण सभाबाट पारित विशेष प्रस्ताव तथा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतीपश्चात एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। डाटा माइग्रेसन प्रयोजनार्थ असार २७ र २८ गते दुई दिनका लागि यी दुबै बैंकहरुको सम्पूर्ण शाखा कार्यालयहरु बन्द रहनुका साथै सम्पूर्ण वित्तीय सेवाहरु अवरुद्ध हुने जनाइएको छ। लक्ष्मी बैंक र सनराइज बैंक दुबै १ बराबर १ अनुपातमा मर्ज भएका हुन्।