Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमालेद्वारा फेरि पनि संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक स्थगित


एमालेद्वारा फेरि पनि संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज पनि हुने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । क्विन्टल सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभाको बैठक एमालेले साउन १० यता लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभागले गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । सीआईबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझेमा थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको गृहमन्त्रीले आश्वासन व्यक्त गरेका थिए ।  

बुधबारको बैठकमा एमालेका सांसद सूर्य थापाले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताए । त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।