Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गाँजासहित एउटा कार नियन्त्रणमा


गाँजासहित एउटा कार नियन्त्रणमा

काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान साँगुरीगढी गाउँपालिका—६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाइन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न खोज्दा भागेको थियो ।

को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दैगर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिइएको कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।