Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल


सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल

काठमाडौं, श्रावण २४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरु गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकको विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन् । नेपालमा विगत र वर्तमानका सडक अवस्था, जोग्राफिकल जियोग्राफी र भविष्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरिएको हो ।

छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा पनि विज्ञ टोलीसँग राय मागेका छन् । उनले पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, फ्रोफेसर डा. तारानिधी भट्टराई, बिबी देउजालगायत विज्ञसँग छलफल सुरु गरेका छन् । विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ ।

धेरै खर्चिलो भए पनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान विज्ञ टोलीले सुझाव दिए । जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङमार्गमा जान र सञ्चालनमा रहेका सडकहरूको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ । छलफलमा मन्त्रालयका सबै सहसचिवको समेत सहभागिता रहेको छ ।