Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेश सरकारद्धारा निजी स्वास्थ्य संस्थाहरूलाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिने निर्देशन


मधेश सरकारद्धारा निजी स्वास्थ्य संस्थाहरूलाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिने निर्देशन

काठमाडौं, १२ असार । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै निजी स्वास्थ्य संस्थाहरूलाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिन सूचना जारी गरेको छ । प्रदेशका धेरै निजी स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा छन् ।

दर्ता रहेको स्वास्थ्य संस्था पनि मापदण्ड पालना नगरेको व्यापक गुनासो छ । त्यसैले कानूनी दायरामा ल्याउन स्वास्थ्य निर्देशनालयले ०८० असार मसान्तभित्र अनिवार्य रूपमा सबै स्वास्थ्य संस्थालाई सूचीकृत गराउन सार्वजनिक सूचना जारी गरेको हो ।

निर्देशनालयले भनेको छ, ‘प्रदेशका विभिन्न पालिका÷जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरू ९ नजी अस्पताल, क्लिनिक, डाइगनोस्टिक सेन्टर लाई २०८० असार मसान्तभित्र अनिवार्य रूपमा यस निर्देशनालयमा सूचीकृत गराउन अनुरोध छ ।

कुनै निकायबाट स्वीकृत नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गरी असार मसान्तभित्र अनिवार्य अनुमति लिन समेत निर्देशनालयले निर्देशन दिएको छ । साथै असार मसान्तभित्र सूचीकृत नगराउने संस्थालाई कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।धनुषाको सपहीमा रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको   छ ।