Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकार गठन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बहस हुने


सरकार गठन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बहस हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बहस हुँदैछ । कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा बहसका लागि हिजो पेसी चढेपनि हेर्दा हेर्दैमा राखिएपछि आजका लागि सरेको हो ।
एमालेका हिक्मत कुमार कार्की नेतृत्वकोे सरकारलाई ढालेर गठवन्धनले कोशी प्रदेशमा कंग्रेस नेतृत्वमा सरकार गठनको विषयलाई लिएर सर्वोच्चमा रिट दायर भएको थियो ।

सभामुखको मतलाई समेत जोडेर बहुमत पेश गरिएको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारविरुद्ध रिट निवेदन दर्ता गराउनुभएको थियो । थापा नेतृत्वको सरकारलाई यहि साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यता छ, तर सरकार गठन अवैधानीक भएको भन्दै विपक्षी दल एमाललेले नयाँ सरकार गठन गर्नुपर्ने माग सहित सर्वोच्च रिट दिएको थियो ।

९३ सदस्यीय प्रदेश सभामा सभामुख सहित गठबन्धन दलले ४७ जना सांसदको समर्थन आफूहरुलाई रहेको दाबी गर्दै सरकार गठन गरेको थियो । यहि विषयमा एमालेले सर्वोच्चमा दायर गरेको रिटमाथि आजबाट छलफल हुन लागेको हो ।

सभामुख तटस्थ रहनुपर्ने कानुनी व्यवस्था विपरीत माओवादीबाट सभामुख भएका बाबुराम गौतमले सरकार निर्माणमा आफूलाई सामेल गराएको भन्दै आलोचना भइरहेको छ ।