Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नाउपाका संरक्षक अध्यक्ष रेशम चौधरी रिहाई


नाउपाका संरक्षक अध्यक्ष रेशम चौधरी रिहाई

काठमाडौं । पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् । आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो । उनी पक्राउ परेको साढे ४ घण्टापछि रिहा भएका हुन् ।

उनलाई लिन पत्नी रन्जिता श्रेष्ठ पुगेकी थिइन् । नाउपा र जनमतका नेता कार्यकर्ताहरुले उनलाई भव्य स्वागत गरेका थिए । सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भएको थियो ।

सोही पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो । तर, चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पठाएको पत्र आधिकारीक नभएको सर्वाेच्चले बताएपछि उनी रिहा भएका हुन् ।