Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१ महिना बाँकी हुँदा भन्सार राजस्व आधा मात्रै उठ्यो


१ महिना बाँकी हुँदा भन्सार राजस्व आधा मात्रै उठ्यो

काठमाडौं । चालू वर्ष ६० अर्ब ३ करोड राजश्व असुली गर्ने लक्ष्य राखेको भन्सारले जेठसम्म ३० अर्ब ६४ करोड मात्र असुली गरेको छ । जोगबनी नाकाबाट हुने आयात गत वर्षको तुलनामा यो वर्ष १६ प्रतिशतले घटेकाले राजस्व प्रभावित भएको हो । चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा विराटनगर भन्सारले लक्ष्यको आधा मात्रै राजस्व संकलन गरेको छ ।  गत वर्ष ४९ अर्ब लक्ष्य राख्दा ४० अर्ब राजस्व असुली भएको थियो ।

त्यसबाहेक भारत लगायत तेस्रो मुलुकबाट आयात भएका व्यापारिक सामानमा एजेन्टले सन्दर्भ मूल्य न्यून देखाएर भन्सार जाँचपास गराउँदा पनि राजस्व असुली प्रभावित हुँदै आएको छ । गत वर्षको तुलनामा आयात घटनु, आयात भएका वस्तुको भन्सार एजेन्टले सन्दर्भ मूल्य न्यून तोक्नु, तस्करी लगायतका कारण राजस्व असुली प्रभावित भएको भन्सारको दावी छ । भन्सारका अनुसार यो नाकाबाट हुने आयात गत वर्षको तुलनामा यस वर्ष १६ प्रतिशतले घटेको छ ।

जोगबनी नाकाबाट ८० प्रतिशत औद्योगिक कच्चा पदार्थ र २० प्रतिशत व्यापारिक सामान आयात हुन्छ । भारत र तेस्रो मुलुकवाट आउने ट्रेडिङका वस्तुको एजेन्टले सन्दर्भ मूल्य न्यून देखाएर भन्सार जाँचपास गराउने प्रवृत्ति चर्को रहेको र सँगै आयात घट्दा राजस्व प्रभावित भएको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले बताए । वैशाख र जेठमा मात्र एजेन्टले घोषणा गरेको न्यून सन्दर्भ मूल्यलाई रद्द गरेर भन्सारले यथार्थ मूल्य तोकेर ४० करोड थप राजश्व असुली गरेको उनले बताएका छन् ।